गण्डकीमा थप १५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ११ सय ९२ पुग्याे

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सात जिल्लाका १५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

तनहुँका ६, पर्वतका २, बागलुङका २, लमजुङका २, नवलपुर, स्याङ्जा र गोरखाका १–१ जनामा पोजेटिभ देखिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ। संक्रमितमध्ये चारजनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय