चितवनमा पक्राउ तीन चिकित्सकसहित ९ जनालाई काठमाडौं ल्याइयो, मानव बेचविखन अनुसन्धान ब्युराेकाे हिरासतमा

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन चिकित्सकसहित ९ जनालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

उनीहरुलाई प्रहरीले मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलको हिरासतमा राखिएको छ ।

पक्राउ परेकामा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्मा, अस्पतालको अंग प्रत्यारोपण समितिका संयोजक डा. बालकृष्ण कालाखेती, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठसहित जिल्ला प्रशासन कार्यलयका अधिकृतलगायत समितिका सदस्यहरु छन् ।

श्रेष्ठ नेपाल मेडिकल काउन्सिका सदस्य, डा. वीरका पूर्व विभागीय प्रमुख हुन् ।

काठमाडौैबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेर सिधै जिल्ला प्रशासन कार्यलय ल्याएर पक्राउ पुर्जि दिएको थियो । पक्राउ पुर्जि दिएर उनीहरुलाई राति ८ बजे चितवनबाट काठमाडौंका लागि चलान गरिएको थियो ।

व्युरो स्रोतका अनुसार प्रहरीले यो घटनामा एक वर्षदेखि सघन अनुसन्धान गरेर आश्वयक तथ्य प्रमाण संकलन गरेपछि पक्राउ गरेको थियो ।

उनीहरुले नक्कली काजजात बनाएर अंग किनबेच गराएर प्रत्यारोपण गराएको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले केहीबेरमा प्रेस विज्ञाप्ति जारी गरेर सम्पूर्ण कारण र विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय