झापामा कोरोना संक्रमितको संख्या तीन सय पुग्यो

झापामा कोरोना संक्रमितको संख्या तीन सय पुगेको हो।

भद्रपुर नगरपालिकाका थप दुईजनामा संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३०० पुगेको हो। भारतबाट फर्किएर कलवलगुडी क्वारेन्टाइनमा बसेका भद्रपुर १० का ३० र ३२ वर्षीय पुरुषमा आज संक्रमण पुष्टि भएको हो।

उनीहरूलाई मोरङको गोठगाउँ पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

यसअघि हिजो शिवसताक्षी नगरपालिका- ६ का ३२ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कतारबाट आएका व्यक्ति भएको वडाध्यक्ष मनोज कार्की ( खुलाल ) ले बताए। ति युवा सतासी प्रावि क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

असार २२ गते ५७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र ति मध्ये एक जनामा नतिजा पोजिटिभ देखिएको वडाध्यक्ष कार्कीले जानकारी दिए। उनलाई उपचारका लागी मोरङको गोठगाउँ पठाइएको छ।

शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। त्यसमध्ये दुईजना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय