नेपालमा थप ३ जनाको कोरोनाबाट मृत्यु, मृतक संख्या ३८ पुग्यो

नेपालमा थप ३ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको कारणले ३ जना मृत्यु भएको बताए।

मृत्यु हुनेमा काठमाडौंका दुई र सिन्धुपाल्चोक एक संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पाटन अस्पताल २ पुरुष र एक पुरुष काठमाडौं मेडिकल कलेजमा ( केएमसी) मा मृत्यु भएको हो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३८ पुगेको छ। पाटन अस्पतालमा काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षका पुरुष १६ असारमा भर्ना भएका थिए। उनको उपचारको क्रममा २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको तथा मिर्गौलामा समस्या रहेको मन्त्रालयले जनाएको छ।

उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि भने असार १७ गते भएको थियो।

यस्तै, पाटन अस्पतालमा नै मृत्यु भएका अर्का कोरोना संक्रमित सिन्धुपाल्चोकका रहेका छन्। उनी क्षयरोगका बिरामी रहेको मन्त्रालयले जनाएको छ।

असार १८ गते उपचारका लागि अस्पताल भर्ना भएका ४५ वर्षे पुरुषलाई असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको मृत्यु २५ भएको हो।

गोकर्णेश्वरका मिर्गौलाका बिरामी रहेका ५४ वर्षका पुरुषको असार २५ गते काठमाडौं मेडिकल कलेजमा भएको हो। उनी १९ असारमा भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय