गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा शनिबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना पोजेटिभ देखिनेमा तनहुँका चार, स्याङ्जाका तीन, बागलुङका तीन, कास्की र म्याग्दीका दुई–दुई पुरुष छन् ।  यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ सय ९७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय