म्याग्दी पहिरोमा परेकी घाइते सुत्केरीको हेलिकप्टरबाट उद्दार, १२ जना शव भेटियो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार २७ गते १२:०२

म्याग्दी पहिरोमा परेर घाइते भएकी सुत्केरी महिलाको उद्दार गरिएको छ । धवलागिरी गाउँपालिका मराङकी एक सुत्केरी महिलालाई हेलिकप्टरबाट बेनी ल्याइएको हो ।पहिरोमा एक जनाको शव देखिए पनि उक्त शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

शुक्रबार आएको पहिरोले म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिका धेरै प्रभावित भएका छन् । सो स्थानमा अहिले पनि पहिरो खसिरहेको छ ।
म्याग्दीमा पहिरोमा परेर वेपत्ता भएका थप १२ जना शव भेटिएको छ । पहिरोमा परेर वेपत्ता भएका ३४ नामध्ये १८ जना अझै भेटिएका छैनन् ।।

तीन जनाको शव भने शुक्रबार नै भेटिएको थियो । हराइरहेकाको खोजी कार्य नेपाल प्रहरी र नेपाली सेनाले गरिरहेको छ । घाइते पाँच जनालाई हेलिकोप्टरमार्फत रेस्क्यु गरेर बेनी अस्पताल ल्याइएको म्याग्दीका सिडिओ ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

जिल्लाभर पहिरोको जोखिममा रहेका पाँच सय जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

फोटो क्याप्सन – पहिरोमा हराएकी मराङकी सुत्केरी महिलाको उद्धार गर्दै नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय