कर्णालीमा ३४ हजार भन्दा बढीको स्वाब संकलन, १ हजार ३५३ ले जिते कोरोना

शुक्रबारसम्म एक हजार पाँच सय ८८ जना कोरोना संक्रमित पुष्टि भएको कर्णाली प्रदेशमा ३४ हजारभन्दा धेरै नागरिकको स्वाब संकलन भइसकेको छ।

कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका तथा संक्रमणको लक्षण देखिएका ३४ हजार चार सय जनाको स्वाव संकलन भइसकेको छ। जसमध्य २७ हजार पाँच सय ४४ जनाको परीक्षण भइसकेको हो भने अन्य स्वाब परीक्षणको क्रममा रहेका छन्।

सुर्खेतमा २१ हजार ६ सय २९, जाजरकोटमा एक हजार नौ सय ७८, जुम्लामा चार सय ३५, मुगुमा नौ सय ४८, हुम्लामा एक हजार आठ सय ८३ र डोल्पामा आठ सय ५१ जनाको आरडिटी परिक्षण भइसकेको सामाजिक विकास मन्त्रालय सुर्खेतका सूचना अधिकारी सुनिल लिम्बुले जानकारी दिए।

२३५ जना आइसोलेसनमै

कर्णालीमा दुई सय ३५ जना कोरोना संक्रमित आइसोलेसनमै छन्। हालसम्म एक हजार तीन सय ५३ जना कोरोना संक्रमित उपचारबाट निको भई घर फर्किसकेका छन्।

२७ जनामा थप संक्रमण

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार कर्णालीको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

जसअन्तर्गत सुर्खेतका ११ जना, डोल्पाका एक जना, सल्यानका १० जना, जाजरकोटका दुई जना र बाजुराका एक जना र दैलेखका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको साामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। यसका साथै कर्णालीमा कोरोना संक्रमण पुष्टि भई मृत्यु हुनेहरूको संख्या ६ जना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय