उपत्यकामा थपिए ४२ संक्रमित, तीन जिल्लामा ३३८

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार २६ गते १६:५८

शुक्रबार उपत्यकाका तीन जिल्लामा ४२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका कोरोना संक्रमित कपन, गोकणेश्वर, क्षेत्रपार्टी, वानेश्वर, बालाजु, महालक्ष्मीस्थान, नारायणस्थान, बागबजार, ढोलाहिँटीलगायतका ठाउँको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले जनाएका छन् ।

महाशाखाका अधिकारीहरुका अनुसार संक्रमितका नमूना अस्पतालहरुबाट संकलन भएपनि सबै अस्पतालमै रहेका भने छैनन् ।

विहीबारसम्म उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा १९६, भक्तपुरमा ४३ र ललितपुरमा ५७ संक्रमित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय