गंगालालको ओपिडी सेवा सोमबारदेखि सञ्चालन हुने

शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको चार दिनदेखि बन्द ओपिडी सेवा सञ्चालनमा आउन सोमबारसम्म लाग्ने भएको छ ।

उपचाररत ७ बिरामीमा संक्रमणपछि बन्द भएको ओपिडी खोल्नका लागि आवश्यकत अन्य तयारी भइरहेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

डा. अधिकारीका अनुसार ओपिडी सेवा बन्द भएपनि अत्यवश्यकीय शल्यक्रिया, आकस्मिक सेवा र क्याथल्याब सेवा समेत सुचारु छ ।

ओपिडी संचालनका लागि अस्पतालका यसअघि संक्रमण देखिएका बिरामीसँग सम्पर्कमा आएकाहरुको परीक्षणसँगै, अन्य व्यवस्थापनको काम भइरहेको छ ।

‘आवश्यक पर्ने जनशक्तिको परीक्षण भइरहेको छ,’ डा. अधिकारीले भने, ‘अन्य जानकारी अस्पताल संचालन गर्नुअघि सार्वजनिक गर्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय