विश्व कोरोना कहर : एकैदिन २ लाख २२ हजारभन्दा धेरै संक्रमित थपिए, साढे पाँच हजारकाे मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ। सँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

बितेको चौबिस घण्टामा विश्वभर २ लाख २२ हजार ७ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने, ५ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एक दिनमा ९ सय ४६ जनाको मृत्यु भएको छ भने ६१ हजार ६३ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ८ सय ८ पुगेको छ भने ३२ लाख १९ हजार ९ सय ९५ जना संक्रमित छन्।

अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १५ हजार ६ सय ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १४ लाख २६ हजार ४ सय २८ जना निको भएका छन्।

कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार १ सय ९९ जनाको ज्यान गएको छ भने ४२ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्या अमेरिकामा बढी रहेको छ।

ब्राजिलमा कोरोना भाइरसबाट शुक्रबारसम्म ६९ हजार २ सय ५४ जनाको ज्यान गएको छ भने १७ लाख ५९ हजार १ सय ३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमण देखिएकाहरुमध्ये ११ लाख ५२ हजार ४ सय ६७ जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ भने २५ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार ६ सय २३ पुगेको छ भने ७ लाख ९४ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ।

भारतमा रहेका संक्रमितमध्ये ४ लाख ९५ हजार ९ सय ६० जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।

भाइरसबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ७६ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।

यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ४३ पुगेको छ भने ७ लाख ७ हजार ३ सय ३ जना संक्रमित छन्। संक्रमितमध्ये ४ लाख ८१ हजार ३ सय १६ जना निको भएका छन्।

बितेको चौबिस घण्टामा ब्राजिल र अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मुत्यु मेक्सिकोमा भएको छ। जहा ७ सय ८२ जनाको ज्यान गएको छ भने ६ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ३२ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जना संक्रमित भेटिएका छन्।,

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ५ सय ८५ पुगेको छ भने १ करोड २३ लाख ७८ हजार ७ सय ७६ जना संत्र,मित छन्।

संक्रमण पुष्टि भएकामध्ये ७१ लाख ८२ हजार ३ सय ९४ जना निको भएका छन् भने ५८ हजार ४ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय