गण्डकी मेडिकल कलेजका दुइ शिक्षकलाई योग्यता नपुगी प्राध्यापक बनाएकोभन्दै पद खारेजीको माग

असार २५- चिकित्साशास्त्र अध्यययन संस्थान (आइओएम)बाट सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेजका दुई चिकित्सा विषयका शिक्षकलाई अनुभव र योग्यताविना नै प्राध्यापक बनाइएको पाइएको छ । योग्यता र अनुभवसम्बन्धी प्रमाण नै नपुगेको अवस्थामा अनियमित ढंगले चिकित्साशास्त्र अध्ययान संस्थानले पद पदप्रमाणिकरगा गरेको पाइएको छ ।

कलेजका अर्थोपेडिक्स चिकित्सा डा. रविन्द्र श्रेष्ठ र एनेस्थेसियाका डा. टुमाया घलेको सन्दर्भमा विवाद उत्पन्न भएको हो । अनियमित ढंगले भएको पदप्रमाणिकरण र बढुवाका खारेजीका लागि आइओएमलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएको डक्टर्स सोसाइटी नेपाल पोखराका चिकित्सक डा. विकास नेपालले बताए ।

त्रिवि सेवा आयोगले शिक्षक नियुक्तीका आधार कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता अंक विभाजन तथा सिफारिससम्बन्धी व्यवस्था गरेको छ ।
२०५२ को दफा २ मा सह प्राध्यापक पदका लािग आवश्यक न्युनतम योग्यता र डिन कार्यलयले पनि न्युनतम आधारविपरीत देखिएको छ ।

नियमाअनुसार सह प्राध्यापक पदोन्नती हुन एमबिबिएस वा सो सरह उर्तिणगरी क्याम्पस/महा–विद्यालयमा सम्बन्धित विषयमा कम्तिमा १२ वर्ष पढाएको अनुभवन प्राप्त र एमडी डिग्रीपछि ३ वर्ष पढाएको हुनुपर्ने व्यवस्था छ ।
डा. नेपालले डा. श्रेष्ठ र डा. घले दुबैको सन्दर्भमा लेखरचना र ५ वर्ष शिक्षण गरेको शर्र्ता नहेरी प्राध्यापक बनाएको र यसमा विभिन्न पदाधिकारीको मिलेमतो रहेको आरोप लगाए ।

डा. श्रेष्ठको सन्दर्भमा २०७० जेठ २१ गतेदेखि उपप्राध्यापक र २०७२ असार ३० गते प्राध्यापक भएको आइओएमको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी घलेका सन्दर्भमा पनि २०१३ भाद्र १९ देखि उपप्राध्यापक २०१४ कार्तिक २० देखिनै प्राध्यापक भएको देखिएको आइओएमले दुबैलाइ पठाएको पत्रबाट देखिन्छ ।

डक्टर्स सोसाइटी अफ नेपालका नाममा परेको उजुरीमा एमबिबिएस उर्तिणपछि कम्तिमा १२ वर्ष पढाएको र एमडीपछि ३ वर्ष पढाएको अनुभव नपुगेको उल्लेख छ । चिकित्सकद्वयको ५ वर्ष शिक्षण पेशामा नभएको र दुबै

त्यस समयमा फेवासिटी अस्पतालमा काम गर्दै आएको अवस्थामा कसरी सिधै प्राध्यापक पद दिइयो ? भनि प्रश्न गरिएको छ ।

डा . नेपालले यसमा डिन कार्यालयको वदमासी र अनियमिता भएको भन्दै तुरुन्त छानविनको माग गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय