पिजीको परीक्षा दिन आउनेले दुई हप्ता क्वारेन्टाइन बस्नु पर्ने, पिसिआर अनिवार्य
काठमाडौं उपत्यकामा बाहिरबाट पिजी अन्तिम वर्षको परीक्षण दिन आउने परीक्षार्थीले दुई हप्ता होटल क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ।
बिहिबार त्रिवि चिकित्सा अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले सो जानकारी गरेको हो। परीक्षार्थीले होटल क्वारेन्टाइनमा बस्दा दैनिक दुई हजार तिर्नुपर्ने महाशाखालले जनाएको छ।
पिसिआर गर्न सरकारी मापदण्ड पुगेकाको हकमा निःशुल्क परीक्षण हुनेछ भने उक्त मापदण्डमा नपरेकाले ५ हजार ५ सय शुल्क तिरेर पिसिआर परीक्षण गर्नुपर्ने महाशाखाले जनाएको छ।
पिसिआर टेष्ट पोजेटिभ आएमा अनिवार्य रुपमा २ हप्ता क्वारेन्टाइनमा बसेका विद्यार्थीले मात्र परीक्षामा सामेल हुनपाउने छन्। विद्यार्थीले कोभिड—१९ को रोकथाम निर्देशन पूर्ण रुपमा पालना गर्नुपर्ने महाशाखाको जनाएको छ।
अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी २ मिटर कायम गर्ने र साबुन पानीले हात धुने तथा सेनिटाइजरको बारम्बार प्रयोग गर्नुपर्ने छ।
पिजी अन्तिम वर्षको परीक्षा ९ साउनदेखि सुरु हुँदैछ।