‘सेनिटाइजर कम्पनी दर्ताको म्याद थप्नु आपत्तिजनक’

सरकारले ह्याण्ड स्यानेटाइजरको दर्ता अनुमतिको लागि ३ महिना थप गरिएकोमा नेपाल औषधि उत्पादक संघले बिरोध जनाएको छ। २५ गते बसेको संघको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बैठकले स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागमा पनि ३ दिन भित्रमा उक्त निर्णय फिर्ता लिन आग्रह गरेको संघका महासचिव विप्लव अधिकारीले बताए।

औषधि व्यवस्था विभागमा दर्ता भइ स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि हाल करिब ४० वटा उधोगहरुले स्यानेटाइजर उत्पादन गरिरहेका छन्।

बजारमा गुणस्तरको प्रत्याभूति नभएका र बिना दर्ता नै उत्पादन गरिरहेका विभिन्न उत्पादनलाई २०७६ साल चैत्र ०९ गते औषधि ब्यबस्था विभागले सुचना निकाली ३ महिना भित्र दर्ता प्रक्रियामा आउन सार्बजनिक सुचना गरेको थियो।

कोभिड १९ को संक्रमणको बिशेष परिस्थितिमा स्यानेटाइजरको अत्याधिक प्रयोग भएको समयमा बिना मापदण्ड ,बिना गुणस्तर परिक्षण र बिना दर्ता स्यानेटाइजरको बिक्रि बितरण हुदा स्वास्थ्यमा असर पर्ने अधिकारी बताउँछन्।

यसै बमोजिम करिब ४० वटा उधोगले बनाउने १२० वोटा स्यानेटाइजर दर्ता पनि भएका छन।

बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरि अबैध रुपमा बनिरहेको स्यनेटाइजरहरु बनाउने र बिना दर्ता बिक्रि गर्ने धेरै उधोग र पसलहरु लाइ कारबाही गरिरहेको र नेपालि बजारमा मिथानोल मिसिएको स्यानेटाइजर पनि बिक्रि भइरहेको यस परिस्थितिमा अझ ३ महिना दर्ता प्रक्रियाको लागी समयावधि थप गरिनुले नेपालीकाे स्वास्थ्यमा असर पर्ने उनको भनाई छ।

पत्राचार गरेको पत्र बमोजिम यदि ३ दिन भित्रमा यस निर्णय नसच्याय कडा आन्दोलन गरिने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय