छोटो दुरीका सार्वजनिक सवारी चलाउन पाउने, काठमाडौं भित्रिन र बाहिर जान रोक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार २५ गते १८:२६

सरकारले देशभर कोरोनाको संक्रमण दर केही घटेसँगै एउटै जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड पूरा गरेर शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात चलेपनि संक्रमण बढ्दै गएको उपत्यकाभित्र आउँन र बाहिर जान भने पाइने छैन् ।

सरकारले निजी सवारी साधानमा लगाएको जोरविजोर प्रणाली यथावत राख्ने, अन्तर जिल्ला सार्वजनिक सवारी चलाउन नपाइने र प्रचलित भाडामा ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद निर्णयः

* सुरक्षाका मापदण्ड पूरा गरेर भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

* काठमाडौं उपत्यका बाहिर जान र भित्रिन नपाउने

* निजी सवारी साधनमा जोर–विजोर प्रणाली यथावत

* एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चल्न पाउने

* प्रचलित भाडामा ५० प्रतिशत बढी लिन पाउने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय