मेलानले भन्यो– ‘विनादर्ताका जनशक्तिलाई काममा लगाउने प्रयोगशालालाई कारवाही गर’
मेडिकल ल्यावोरेटरी एसोसियएसन अफ,नेपाल (मेलान)ले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएको गैर स्वास्थ्यकर्मीलाई सरकारी एवं गैरसरकारी प्रयोगशालाले काम लगाइरहेको भन्दै छानविनगरी कारवाहीको माग गरेको छ ।मेलानले विहीबार रजिष्ट्रारलाई भेटेर परिषद्को भुमीका कम्जोर भएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समयमा समग्र स्वास्थ्यकर्मीको उत्पादन गर्ने संस्थाको अनुगमन, उत्पादन र जनशक्ति दर्ता एवं परिचालनको भूमीकामा नै हस आएको मेलानले आरोप लगाएको छ ।
अध्यक्ष राजेन्द्र खड्का र महासचिव रेशम अधिकारीसहितले हस्तक्षर गरेको ज्ञापन पत्रमा जनशक्तिको गुणस्तरीयताको सन्दर्भमा अभिलम्व लाइसेन्सिङ परीक्षा गर्न, रोकिएको दर्ता र प्रमाणपत्र खुलाउन, प्रयोगशालासम्बन्धी अनुगमन र नीति निर्माणमा मेलानको उचित प्रतिनिधित्व एवं सहभागिताको समेत माग गरेको छ ।
त्यसैगरी विभिन्न तहमा दर्ता हशुने स्वास्थ्यकर्मीको लागि पछिल्लो पाठ्यक्रमअनुसार आचारसंहिता परिमार्जन गरेर त्यसको परिपालनामा समेत जोड दिएको छ । मेलानले परिषद्का दैनिक सेवाग्राहीको सहजताका लागि हेल्पडेस्कको व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराएको छ ।
Right action sir
Keep it up
Salary Pani nirdharan grnu paryo sir