कोरोना संक्रमित घट्दै गए पनि जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस ( कोभिड १९) को संक्रमित घट्दै गएपनि जोखिम भने रहिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहिवारनियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले अझै पनि नेपालमा कोरोनाको जोखिम अझै रहेको बताए ।केहिदिन यता कोरोना संक्रमितसंख्या घटिरहेको छ।

क्वारेन्टाइन र आइसोलेसनमा रहेका बिरामीको संख्या भनेको कोरोना संक्रमणको जोखिम घट्नु होइन, डा. गौतमले भने,‘ संक्रमण नियन्त्रणको लागि अवलम्बन गरेको उपायका कारण घटेको हो।’

संक्रमण घट्दै जाँदा जनजीवन सामान्य भएको भन्दै सर्वसाधरणले सर्तकता कम हुँदै गएको, भीडभाड बढेको र संवेदनशील ठाउँमा आवतजावत बढ्दै गएको डा. गौतमले बताए।

सिमाना वारपार गर्नमा स–सना टेम्पु र गाडी चलेको भन्दै थप कोरोना जोखिम थपिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। ‘वोर्डरमा गरिएको आवजातमा कडाई तथा सर्वसाधारणले अपनाएको सावधानीका कारण संक्रमण कम भएको छ, डा. गौतमले भने,‘ यदि यस्तो व्यवहारलाई निरन्तरता नदिने हो भने पुन जोखिम बढ्छ।’

सर्वसाधारणलाई कोरोना नियन्त्रयणको उपायहरु निरन्तरता दिन डा. गौतमले अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय