नेपालमा घट्दै कोरोना संक्रमण, बिहीबार थप १०८ जना संक्रमित

नेपालमा कोरोना भाइरसको संक्रमण घटिरहेको छ। बिहीबार देशभर १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप १०८ जनामा संक्रमण पुष्टि भएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। बुधबार थपिएका सहित नेपालमा संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३९ संक्रमणबाट निको भएका छन्। हालसम्म ७ हजार ८ सय ९१ जना निको भएको मन्त्रालयको तथ्यांक छ । आज देशभर २४ हजार ४ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्। अस्पतालका आइसोलेसनमा संक्रमित एक्टिभ केस ८ हजार ६ सय ५ रहेको मन्त्रालयले जनाएको छ।

बिहिवार प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४, वागमती प्रदेशमा ४ सय २९, गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित रहेका छन्। त्यसैगरी, प्रदेश ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदुरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित रहेका डा. गौतमले बताए।

हालसम्म प्रदेश १ मा ५ सय ४३, प्रदेश २ मा २ हजार २ सय ३२, वागमती प्रदेशमा २ सय ८७, गण्डकी प्रदेशमा ३ सय ५५ जना संक्रमित निको भएका छन्। प्रदेश ५ मा २ हजार २ सय ९६, कर्णाली प्रदेशमा १ हजार २ सय ३८ र सुदुरपश्चिम प्रदेश ९ सय ३८ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांक छ ।

कोरोनाबाट संक्रमणमध्ये मृत्यु हुने संख्या ३५ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय