भरतपुर अस्पतालमा पहिलो पटक कोराना संक्रमितको डायलोसिस

भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीको डायलोसिस गरेको छ। मिर्गौलामा समस्या आएपछि हेटौंडा उपमहानगरपालिका(५ का कोरोना संक्रमित ३३ वर्षीय पुरुषको बिहीबार ९आज० डायलोसिस गरिएको भरतपुर अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा। सन्तोष गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार कोरोना संक्रमितको चितवनमा पहिलो पटक डायलोसिस गरिएको हो।

संक्रमित पुरुषले यसअघि पनि नियमित डायलासिस गर्दै आएका थिए। अहिले उनको अवस्था सुधार उन्मुख रहेको डा। गुरुङले जानकारी दिए। उनीमा मिर्गौंलासँग निमोनिया र सुख्खा कप आउने समस्या रहेको उनले बताए।

डायलोसिस गरे पनि भेन्टिलेटरमा राख्न‌ुपर्ने अवस्था नरहेको उनको भनाइ छ। अहिले उनलाई आइसियुमा राखेर उपचार गरिएको छ ।

उनी साउदीबाट दुई साताअघि नेपाल आएका थिए। असार २० गते कोरोना पुष्टि भएसँगै हेटौडाबाट रिफर भएर भरतपुर अस्पतालमा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जनाए।

यससंगै भरतपुर अस्पतालमा अहिले ३७ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन्। उनीहरूमध्ये चारजनालाई आइसियूमा राखेर उपचार गराईरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए। आजसम्म ८९ जना कोरोनाका विरामीले भरतपुर अस्पतालबाट सेवा लिएका छन्। त्यसमध्ये ५२ जना निको भएर घर फर्किएका छन् भने, दुई जनाको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा जटिल खालका कोरोनाका विरामी आउने भएकाले तेस्रो चरणको उपचारलाई अनुमति माग गरिएको छ। अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीका अनुसार, भरतपुर अस्पताल तेस्रो चरणको उपचार गर्न सक्षम रहेकाले मन्त्रालयसँग अनुमति मागिएको छ।

‘अहिले भरतपुर अस्पताललाई लेबल दुईमा राखिएको छ, यहाँ जटिल खालका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘हामीसँग दक्ष जनशक्ति र आवश्यक पूर्वाधार भएकाले तेस्रो चरणको उपचार गर्न माग गरेका छौं।’

सरकारले कोरोनाका बिरामीको उपचार गर्नका देशभरका विभन्न अस्पताललाई तीन नहमा वर्गीकरण गरेको छ। तेस्रो तहमा अहिलेसम्म तीनवटा अस्पताल मात्र रहेका छन्। सरकारले भेन्टिलेटर भएको र कोरोनाका बिरामीको शल्यक्रिया गर्नसक्ने अस्पताललाई तेस्रो तहमा राखेको छ।

चितवनमा मात्रै ९२ जना कोरोना संक्रमित पुष्टि छन्। लक्षण नदेखिएका केही बिरामी होम आइसोलेसनमा बसेका छन् भने केही बिरामीलाई स्थानीय तहले व्यवस्थापन गरेर उपचार गराईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय