विश्वभर एकैदिन २ लाख १३ हजारभन्दा बढी संक्रमित, साढे ५ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ। संक्रमित र मृतकको संख्या दिनदिनै बढिरहेका छन्।

तर, योसँगै भाइरस संक्रमित निको पनि भइरहेका छन्। विश्वभरि करिब ७० लाख २५ हजार ६१ जना निको भएका छन्।

१ करोड २१ लाख ५५ हजार ३ सय ९५ संक्रमित छन्। ५ लाख ५१ हजार १ सय ८१ जनाको मृत्यु भएको छ।

बितेको चौबिस घण्टामा विश्वभर कोरोनाका कारण ५ हजार ५ सय ९ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एक दिनमा ८ सय ८१ जनाको मृत्यु भएको छ। ६१ हजार ६ सय ४० जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ८ सय ५३ पुगेको छ। ३१ लाख ५८ हजार ७ सय २४ जना संक्रमित छन्।

अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १५ हजार ४ सय ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने, १३ लाख ९२ हजार ४ सय ६४ जना निको भएका छन्।

कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार १ सय ८७ जनाको ज्यान गएको छ भने ४१ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्य अमेरिकामा बढी रहेको छ।

ब्राजिलमा कोरोना भाइरसबाट बिहीबारसम्म ६८ हजार ५५ जनाको ज्यान गएको छ भने १७ लाख १६ हजार १ सय ९६ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
संक्रमण देखिएकाहरुमध्ये ११ लाख १७ हजार ९ सय २२ जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ४ सय ९१ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्।

बिहीबारसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ४४  पुगेको छ भने ७ लाख ६९ हजार ५२ जनामा संक्रमण देखिएको छ।
भारतमा रहेका संक्रमितमध्ये ४ लाख ७६ हजार ५सय ५४ जना जना निको भएका छन्। ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।

भाइरसबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ७३ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ६२  जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ५ सय ६७ पुगेको छ। ७ लाख ७ सय ९२ जना संक्रमित छन्। संक्रमितमध्ये ४ लाख ७२ हजार ५ सय ५१ जना  निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय