थप २५३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६४२३
नेपालमा कोरोना भाइरसको संक्रमण घटिरहेको छ। बुधबार देशभर २५५ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पुष्टि भएको बताए।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। बुधबार थपिएका सहित नेपालमा संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा २५३ संक्रमणबाट निको भएका छन्। हालसम्म ७ हजार ७ सय ५२ जना निको भएको मन्त्रालयको तथ्यांक छ ।
हालसम्म कोरोनाबाट संक्रमणमध्ये मृत्यु हुने संख्या ३५ पुगेको छ।