कर्णालीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,५५० पुग्यो

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका पाँच र मुगुका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यो सँगै कर्णालीमा कोरोना संक्रमितहरूको संख्या एक हजार पाँच सय ५० पुगेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक हजार दुई सय ९१ जना निको भइसकेका छन् भने दुई सय ५३ जना आइसोलेसनमा सक्रिय विरामी रहेका छन्।

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भई ६ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय