सकियो स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन, घोषणामा परेन कोभिड–१९

विश्वव्यापी रुपमा जारी कोरोना महामारीका सन्दर्भमा भविष्यमा गर्न सकिने र जारी अनुसन्धानका सन्दर्भमा कुनै नीतिगत पहल लिने घोषणाविनै स्वास्थ्य वैज्ञानिकहरुको छैठौं शिखर सम्मेलन सकिएको छ ।

संसारलाई आक्रान्त पारेको कोभिड–१९ का सन्दर्भमा विभिन्न वैज्ञानिक कार्यपत्र प्रस्तुति र छलफल भएपनि महामारी र भविष्यमा समेत हुनसक्ने सर्ने रोगको जोखिमसम्बन्धी अनुसन्धानलाई प्रथामिकता दिने विषयमा शिखर सम्मेलनमा ठोस निर्णय गरेन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ६ वर्षदेखि यस्तो स्वास्थ्य तथा जनसंख्या बैज्ञनिकको शिखर सम्मेलन गर्दै आएको छ ।

शिखर सम्मेलनको घोषणापत्र भनेर जारी गरिएको ६ बुँदामा कतै पनि कोभिड –१९, महामारी र सरुवारोगका विषयमा समेत एक शब्द उल्लेख छैन् । पहिलो विषयमा ‘देशको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै अन्तरविषय कार्यान्वयनात्मक अनुसन्धान गर्दै नीतिगत तहमा पुर्याउँने’ भनिएको छ ।

अन्य सहभागीले भने यो बुँदाले कोभिड वा महामारीलाई संकेत गरेको हो कि भन्ने अनुमान गरेका छन् । ‘यति ठूलो महामारीका सन्दर्भमा नबोल्नु वा उल्लेख गर्न नसक्नु घोषणापत्र जारी गर्ने कुरालाई हल्का रुपमा लिएको मान्न सकिन्छ,’ सहभागी भएका एक चिकित्सकले भने ।

सम्मेलन उद्घाटनका सन्दर्भमा भने परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवलीले मन्त्रालयको कोभिड–१९सम्बन्धी नियमित लाइभ ब्रिफिङमा सम्मेलनबारे जानकारी र प्रस्तुतिकरणमा कोभिड १९सम्बन्धी कस्ता विषय परेका छन् भन्नेबारे जानकारी दिएका थिए ।

घोषणापत्रका अधिकांश बुँदा अर्मुत र ठोस अर्थ नदिने खालका छन् ।

जारी महामारी र लकडाउनका विचरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विज्ञ र प्रस्तोतालाई सामाजिक दुरी बनाएर भौतिक रुपमा अन्य अन्यको भर्चुअल सहभागितामा तीन दिने सम्मेलन गरेको थियो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिक, स्वास्थ्यकै चिकित्सा, जनस्वास्थ्य, औषधि विज्ञान, स्वास्थ्य व्यवसायका अन्य विधाका विज्ञहरुको सहभागिता थियो ।

यस्तो छ, ६ बुँदे घोषणा
१. वर्तमान देशको परिपेक्षलाई मध्यनजरगदै अन्तर बिषय कार्यान्वयनात्मक अनुसन्धान गर्दै नीतिगत तहसम्म पु¥याईनेछ ।
२. शैक्षिक संस्थानहरु, विद्वानहरु, अनुसन्धानकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवाला निकायहरुसंगको सञ्जाललाई निरन्तरता दिंदै बिस्तार गरिनेछ ।
३. युवा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको स्वास्थ्य अनुसन्धानमा ज्ञान र क्षमता अभिवृद्धि गर्दै आवश्यक तालिम र अनुदानको व्यवस्था प्रादेशिक तहसम्म गरिनेछ ।
४. अनुसन्धान र यसको प्रसारका लागि डिजिटल टेक्नोलोजीको अधिकतम प्रयोग गर्ने संयन्त्रको सशत्तिकरण गरिनेछ ।
५. स्थनीय रुपमा प्राप्त तथ्यहरुलार्ई नीति र कार्यन्वयनमा ल्याउन नीति निर्माण कर्ताहरुसंग निकटतम सहकार्य गरिनेछ ।
६. शैक्षिक र गैर–शैक्षिक अनुसन्धान स्वास्थ्य अनुसन्धानको जिम्मेवार आचरणको प्रबर्धन गरिनेछ ।

नौ अनुसन्धानकर्ता तथा वैज्ञानिक पुरस्कृत
हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्डबाट चिकित्साशास्त्र अध्ययान संस्थानका पूर्व चिकित्सक एवं प्राध्यापक डा. जीवन शेरचन सम्मानीत भएका छन् । परिषद्ले आयोजना गरेको शिखर सम्मेलनको समापन कार्यक्रममा शेरचनसहित ९ चिकित्सक र अनुसन्धानकर्ता सम्मानीत भए ।

सो क्रममा मृगेन्द्र सम्झना मेडिकल ट्रस्टका तीन अवार्ड ओरेसन अवार्डबाट बरिष्ठ नेत्र सर्जन डा सन्तुद रुईतले र योङ्ग हेल्थ रिसर्चर अवार्ड क्यान्सर रोग विशेषज्ञ डा विशाल ज्ञवाली र अशोक पाण्डे पाए ।
परिषद्का अनुसार दुर्गादेवी ज्ञवाली एनएचआरसी वेष्ट पेपर अवार्ड प्रा.डा गेहनाथ बराल सम्मानित भएका छन् ।

हेल्थ रिसर्च अवार्डबाट डा. सुनिल मुनकर्मी, बेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोस्टरबाट शिक्षा अधिकारी, बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड (ओरल)बाट प्रतिक खनालले पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय