विश्वभर एकैदिन साढे ५ हजारभन्दा बढीको मृत्यु, २ लाखभन्दा धेरै संक्रमित थपिए

विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ, भने मृतकको संख्यासमेत घट्न सकेको छैन।

विश्वभर हरेक दिन करिब दुई लाखको हाराहारीमा नयाँ संक्रमित थपिँदै गइरहेका छन्। ५ हजारभन्दा बढीको ज्यान गइरहेको छ।

पछिल्लो २४ घन्टामा विश्वभर कोरोनाका कारण ५ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ। यो अवधिमा २ लाख ७ हजार ५ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एक दिनमा ९ सय ९२ जनाको मृत्यु भएको छ। जहाँ ५५ हजार २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ९ सय ७१ पुगेको छ। कुल संक्रमितको संख्या ३० लाख ९६ हजार ८ सय ९७ पुगेको छ।

अमेरिकामा देखिएका संक्रमितमध्ये १५ हजार ३ सय ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। संक्रमितमध्ये १३ लाख ५४ हजार ८ सय ६३ जना उपचारपछि निको भर घर फर्किएका छन्।

कोरोनाबाट हुने मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकैदिनमा १ हजार ३ सय १२ जनाको ज्यान गएको छ। थप ४८ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएको छ।

यी दुई देशमध्ये पछिल्लो समय अमेरिकामा संक्रमणदर तथा ब्राजिलमा मृत्युदर बढी छ।

ब्राजिलमा कोरोनाबाट बुधबारसम्म ६६ हजार ८ सय ६८ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या १६ लाख ७४ हजार ६ सय ५५ पुगेको छ।

संक्रमितमध्ये १० लाख ७२ हजार २ सय २९ जना निको भएका छन्। तर, ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घन्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ। यो अवधिमा २३ हजार १ सय ३५ जना संक्रमित थपिएका छन्। भारतमा कोरोनाका कारण दैनिक करिब ५ सयको ज्यान गइरहेको छ।

बुधबारसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३ पुगेको छ। त्यहाँ कुल संक्रमितको संख्या ७ लाख ४३ हजार ४ सय ८१ पुगेको छ। संक्रमितमध्ये ४ लाख ५७ हजार ५८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। तर ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकैदिन १ सय ९८ जनाको मृत्यु भएको छ। त्यहाँ ६ हजार ३ सय ६८ संक्रमित थपिएका छन्।
रुसमा संक्रमितको संख्या ६ लाख ९४ हजार २ सय २० पुग्दा ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ९४ पुगेको छ। संक्रमितमध्ये ४ लाख ६३ हजार ८ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय