१६ जिल्ला ‘कोरोना फ्री’, प्रदेश १ का ११

७७ जिल्लामा फैलिएको कोरोना नियन्त्रण र रोकथाम कार्य प्रभावकारी भएका १६ जिल्ला कोरोना फ्रि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार साँझसम्मको संक्रमितको आंकडा हेर्दा १६ जिल्लामा कोरोनाका कुनै पनि संक्रमित छैनन् ।

नयाँ संक्रमित नदेखिएका र पुराना संक्रमितहरु कोरोना मुक्त भइसकेका जिल्लालाई कोरोना फ्रि जिल्ला भनिएपनि ती जिल्लामा संक्रमणको जोखिम नरहेका भन्ने चाँही होइन् ।

‘केही जिल्लामा बढ्दो क्रममा रहेपछि संक्रमण फैलिएका १६ जिल्लामा अहिले नियन्त्रणको अवस्थामा आइसकेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने ।
यसअघि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोरोना फ्रि जिल्लाको संख्या ४ भएको उल्लेख गरिएको थियो ।

महाशाखाको तथ्यांकअनुसार कोरोना फ्रि भएका भएकामध्ये अधिकांश जिल्ला प्रदेश १ का छन् । प्रदेश १ का झापा, तेह्थुम, धनकुटा, संखुवासभा, पाँचथर, भोजपुर, खोटाङ, ताप्लेजुङ, वखलढुंगा, सोलुखुम्बु र इलाम छन् ।

त्यसैगरी प्रदेश ३ को दोलखा र रसुवा, प्रदेश ४ को मनाङ र मुस्ताङ र प्रदेश ६ को मुगु कोरोना फ्रि जिल्ला बनेको छ । प्रदेश एकका केही जिल्लामा ठूलो संख्यामा संक्रमित भएपनि मुक्त भएका अन्य जिल्लामा बाहिरबाट आएका संक्रमितहरु निको भएका हुन् ।

प्रदेश २, ५ र ७ का सबै जिल्लामा कोरोना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय