झापामा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

झापाको बाह्रदशीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा बाह्रदशी गाउँपालिका २ का २५ वर्षीय युवा छन्। उनी एक साताअघि भारतको गोवाबाट आएर स्थानीय पशुपति मावि क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

असार १८ गते ३३ जनाको नमूना संकलन गरी पठाइएकोमा त्यसमध्ये एकजनाको रिपोर्ट पोजिटिभ आएको बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए। योसँगै बाह्रदशीमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

झापामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लोपटक संक्रमण पुष्टि हुनेमा बिर्तामोड नगरपालिकाका दुई , मेचीनगरका एक र गौरीगञ्ज गाउँपालिकाका एक जना छन्।

बिर्तामोड नगरपालिका ४ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू दुबई र साउदीबाट आएको वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बताए।

दुबैजना कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। यसअघि बिर्तामोड ७ का एक महिला र पुरुष तथा वडा ५ का एक पुरुषमा संक्रमण देखिएको थियो।

मेचीनगर नगरपालिका २ का का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले बताए।

संक्रमित पुरुष भारतबाट आएका हुन्। उनी मेचीनगर २ को मेची जनसाधारण मावि क्वारेन्टाइनमा बसेका थिए।

मेचीनगरमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ। छ जना निको भएर घर फर्किएका छन्।

गौरीगञ्ज गाउँपालिका ३ का २५ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो। उनी असार १५ गते दिल्लीबाट आएको उपाध्यक्ष दीपिन्द्र थापाले बताए। गौरीगञ्ज संक्रमितको संख्या १९ पुगेको छ। झापामा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय