नेपालमा ४६ प्रतिशतले कोरोना जिते

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार २३ गते १७:४२

फाइल फोटो

पछिल्ला केहि दिनमा कोरोना संक्रमणबाट निको हुने दर बढिरहेको छ। मंगलबार मात्रै कारोना संक्रमण ६ सय ८८ जना निको भएका छन्।

मंगलबार सम्मको तथ्यांकलाई हेर्दा नेपालमा १६ हजार १ सय ६८ संक्रमित भएका छन् भने निको हुने संख्या ७ हजार ४ सय ९९ पुगेको छ।

मन्त्रालयको अनुसार संक्रमित देखिएका मध्ये ४६ प्रतिशत मानिसले कोरोनाबाट निको भएका छन्।

हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा र ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको तथ्यांकअनुसार आरटी पिसिआर परीक्षण भएको आधारमा संक्रमण दर ६.२, मृत्युदर ०.२ प्रतिशत र प्रति दशलाख पोजेटिभको आधारमा मृत्यु १.२ छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार १ सय ३३ मा परीक्षण भएको, डिस्चार्ज ६८८ डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय