४ वटा जिल्ला कोरोना मुक्त

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। मंगलबार देशभर २०४ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा संक्रमण पुष्टि भएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। मगंलबार थपिएका सहित नेपालमा संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ।

महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा रहेका छन्।

७७ जिल्लामा कोरोना फलिएकोमा हाल ४ वटा जिल्लामा कोरोना मुक्त भएका मन्त्रालयले जनाएको छ। जसमध्ये तेहथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेका छन्।

हालसम्म कोरोनाबाट संक्रमणमध्ये मृत्यु हुने संख्या ३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय