झुन्डिएको अवस्थामा उद्दार गरिएका गोरखा तान्द्राङका युवाको पाटन अस्पतालमा मृत्यु, कोरोना पोजेटिभ

झुन्डिएर आत्महत्या प्रयास गरेका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवाको रोरोना पुष्टि भएको छ । झुण्डिएको अवस्थामा भेटिएका उनलाई डोरी काटेर बचाएर उपचारका लागि काठमाडौं पाटन अस्पतालमा ल्याइपुर्याइएको थियो ।

अस्पताल ल्याइपुर्याउँदा नै गम्भीर अवस्थामा रहेका उनको उपचारसँगै कोरोना परीक्षणका लागि नमूनासमेत पठाइएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए । ‘हिजो राति नै मृत्यु भएको थियो, अहिले रिपोर्ट पोजेटिभ आयो’ उनले भने ।

उनका आफन्तहरुका अनुसार उनी पहिल्यैदेखि मानसिक स्वास्थ्यको उपचार गराइरहेका थिए । अहिले कोरोना कतै जाँच वा परीक्षणविनै आत्महत्या प्रयास गरेका थिए ।

आरनमा काम गर्ने ती युवामा कोरोना पुष्टि भएसँगै समुदायमा समेत त्रास उत्पन्न भएको गाउँलेहरुको भनाई छ ।

अस्पताल स्रोतका अनुसार आत्महत्या प्रयासबाट ज्यान बचाइएको र पछि कोरोना पुष्टि भएकोले मृत्युको कारण कोरोना मान्ने/नमान्नेमा सन्देह पैदा भएको छ । कोरोनाबाट यसअघि नेपालमा ३५ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय