बिरामीमा कोरोनापछि गंगालाल अस्पताल सिल, आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपपछि शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको आकस्मिकबाहेकको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालले सूचना जारी गरेर मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द भएको जनाएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीको आरटी पिसिआर गर्दा ७ भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको र अन्यको पनि रिपोर्ट आउन वाँकी रहेको अस्पतालले जनाएको छ ।

पछिल्ला दिनमा काठमाडौमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ ।

दुई दिनअघिमात्रै राजधानीका १० अस्पतालका बिरामी तथा कर्मचारीमा कोरोना पुष्टि भएको थियो भने, सोमबार भक्तपुरको क्यान्सर अस्पतालका चार जनामा कोरोना देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय