स्वास्थ्य जनशक्तिलाई जोखिम भत्ता दिन वागमती प्रदेशको निर्देशन

 

फाइल फोटो

वागमती प्रदेशले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि निर्देशन दिएको छ।

असार ९ मा प्रदेश सचिवको संयोजकत्वमा बसेको बैठकको उक्त निर्णय गरेको हो।

प्रदेश सरकार वा त्यसमातहतका निकायले खटाइएका जनशक्तिको प्रोत्साहन लागि दोहोरो नपर्ने गरी जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको हो।

सरकारले निर्धारण गरेबमोजिम कोभिड–१९ को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश बमोजिम कार्यान्वयन गराउन अनुरोध गरेको छ।

जोखिम भत्ता व्यवस्थापनलाई पारदर्शी एवं स्वीकृत मापदण्ड बमोजिमको प्रक्रिया अपनाई कार्यान्वयन गर्न प्रदेशले आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय