विश्व कोरोना कहर : एकै दिन १ लाख ७० हजार संक्रमित थपिए, साढे ३ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण बितेको चौबिस घण्टामा विश्वर ३ हजार ५ सय ५६ जनाको ज्यान गएको छ। १ लाख ७० हजार ३ सय १० जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार १ सय १६ पुगेको छ भने, संक्रमित संख्या १ करोड १७ लाख ३१ हजार७ सय ९८ पुगेका छन्।

भाइरसका संक्रमितमध्ये ६५ लाख २३ हजार १ सय १९ जना निको भएका छन् भने ५८ हजार ७ सय ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा एक दिनमा ३ सय ६० को मृत्यु भएको छ भने ४९ हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ भने ३० लाख ९ हजार ८ सय ८१ जनामा संक्रमण रहेको छ।

अमेरिकामा रहेका संक्रमितमध्ये १३ लाख १० हजार ६ सय ५१ जना निको भएका छन भने १५ हजार ९ सय ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

ब्राजिलमा एकैदिनमा कोरोनाका कारण ६ सय ५६ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६५ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ भने १६ लाख २६ हजार ७१ जना संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ भने ९ लाख ७८ हजार ६ सय १५ जना निको भएका छन्।

सोमबार रुसलाई उछिन्दै तेस्रो नम्बरमा उक्लिएको भारतमा कोरोना भाइरसबाट बितेको चौबिस घण्टामा ४ सय ७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५ सय १० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार १ सय ७४ पुगेको छ भने संक्रमितको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको छ।

भारतमा देखिएका संत्रलमितमध्ये ४ लाख ४० हजार १ सय ५० जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ।

त्यस्तै रुसमा एकदिनमा कोरोनाका कारण १ सय ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ११ जना नयाँ संक्रसिमत थपिएका छन्।

रुसमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ९६ पुगेको छ भने ६ लाख ८७ हजार ८ सय २२ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये ४ लाख ५४ हजार ३ सय २९ जना निको भएका छन्।

भाइरसबाट प्रभावित देशको सुचिमा चौथो नम्बरमा रहेको पेरुमा अहिलेसम्म १० हजार ७ सय ७२ जनाको ज्यान गएको छ भने ३ लाख ५ हजार ७ सय ३ जनन संक्रमित छन्।
बितेको चौबिस घण्टामा पेरुमा भाइरसका कारण १ सय ८३ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय ८५, नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय