यी २७ ठाउँका हुन उपत्यकाका ५४ संक्रमित

फाइल स्केज

सोमबार उपत्यकामा भेटिएका ५४ संक्रमित २७ स्थानका रहेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौंका २४ जना संक्रमित गोकर्णेश्वर, जोरपाटी, नयाँ बानेश्वर, ठमेल, बालाजु, बालुवाटार, कपन, बुढानिलकण्ठ, टेकु, थापागाउँ,सुकेधारा, चन्द्रागिरी, ओमबहालका रहेका छन्।

ललिपुरका २० संक्रमित नखिपोट, भैंसेपाटी, टीकाथली, सातदोबाटो, लुभु, हात्तीवनका रहेका छन्। त्यसैगरी, भक्तपुरका १० संक्रमित व्यासी, च्याम्हासिंह, कमलविनायक, चाँगुनारायण, दुवाकोट, राधेराधे, बोडे, र ठिमीका रहेका मन्त्रालयले जनाएको छ।

केहि दिन यता देखि उपत्यकामा संक्रमणको दर बढिरहेको छ।

मन्त्रालयको अनुसार हालसम्म काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय