उपत्यकाका ५४ संक्रमित मध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका

सोमबार उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं २४, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमण देखिएको हो।

इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमण पुष्टि भएका उपत्यका बिभिन्न अस्पतालमा चेकजाँच गराइरहेका बिरामी रहेका छन्।

महाशाखा उपलब्ध गराएको तथ्यांक अनुसार संक्रमितहरु चाबहिल, कपन, महारागञ्ज, भक्तपुर, गोदावरी, हातिवन, हरिसिद्दी लगायतका स्थानका रहेको छन्।

५४ जना मध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी रहेका छन्। अस्पताल स्रोतका अनुसार ३ जना ल्याबका कर्मचारी र १ जना सर्जरी ओपिडीका स्टाफ रहेको छन्।

बिरामीबाट नै अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ। यसभन्दा अगाडी पनि ओपिडीमा आएका बिरामी तथा ब्रेन टयुमरका अप्रेशन गर्न केस तथा स्तन क्यान्सरको अप्रेशन गर्न लागेकी महिलामा समेत संक्रमण देखिएको थियो।

प्रयोगशलामा आएको ठेगनाको आधारमा संक्रमितहरुको सम्पर्क भइरहेको डा.वासुदेव पाण्डेले जानकारी दिए। मन्त्रालयलको तथ्यांक अनुसार काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय