प्रदेश २ मा थपिए २९ कोरोना संक्रमित

प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको तीन जिल्लामा २९ जनामा संक्रमण पुष्टि भएको हो। २९ जना थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७३७ पुगेको छ।

सोमबार धनुषाका एक, महोत्तरीका २० र सर्लाहीका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

धनुषाको धनौजी गाउँपालिका र महोत्तरीको भंगहा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा संक्रमण देखिएको झाले बताए।

यसैगरी सर्लाहीको चक्रघट्टा क्वारेन्टाइनका ८ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ४५ पुरुष र ११ महिलासहित ५६ जना कोरोना संक्रमित उपचारपछि निको भएर फर्किइसकेको निर्देशनालयले जनाएको छ।

प्रदेशभित्र ४५ हजार ८२४ जनाको स्वाब संकलन भएकोमा ३९ हजार २८९ जनामा निगेटिभ र ३ हजार ४९० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।

प्रदेश २ मा क्वारेन्टाइनभित्र बस्नेको संख्या घटेको छ। ३१ हजार ७९१ बेड क्षमता रहेको क्वारेन्टाइनमा अहिले ३ हजार ६६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी १८ हजार ८९० जना होम क्वारेन्टाइन र १ हजार ९६८ जना आइसोलेसनमा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय