आत्महत्या गरेका लाइभ भिडियो सेयर नगर्नु :  स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो तीन महिनामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ।

मन्त्रालयको नियमति कोरोना अपडेटमा प्रवक्ता डा. जोश्वर गौतमले आत्महत्याको क्रम बढ्दो रहेको र त्यसको आत्महत्या गर्दा फेसबुक लाइभ गर्ने गरेको प्रति चिन्ता व्यक्त गरे। उनले त्यस्ता लाइभ सेयर नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेका छन्।

पछिल्लो एक हप्तामा २ महिलले आत्महत्या गर्दा फेसबुक लाइभ गरेकोप्रति मन्त्रालयको ध्यानकर्षण भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए।यस्ता भिडियोले आत्महत्यालाई अझै बढी प्रोत्साहित गर्ने साथै बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकोले यस्ता भिडियो कसैले पनि सेयर नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

‘आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट, तनाव हो’, डा. गौतमले भने, ‘यस्तो अवस्था आएमा परिवारका सदस्य वा साथीभाइसँग कुरा बाड्नुपर्छ।’

कोरोना महामारीको कारण गर्दा नेपालमा दैनिक ४–५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ। पछिल्ला दिनमा दैनिक १५ दैनिक जना सम्मले आत्महत्या गर्ने गरेको हाल बढेर २०–२१ जनाले आत्महत्या गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय