स्वास्थ्यकर्मी संगठनको माग– सुरक्षादेखि जोखिम भत्ता उपलब्ध गराउ

कोरोनाको महामारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका प्रभावकारी हुन नसकेको स्वास्थ्य संगठनहरू आरोप लगाएका छन्।

सोमबार आयोजित पत्रकार सम्मलेनमा ति संगठनका पदाधिकारीहरूले महामारीको डरलाग्दो आपतकालिन अवस्थामा मन्त्रालयले स्वास्थ्य चिकित्सकहरूको मनोबल बढाउने खालका कुनै ठोस कदम चामल्न नसकेको आरोप लगाए।

महामारीमा सहि र ठोस निर्देशन जारी गर्न नसक्नु, स्वास्थ्य संस्था सम्बद्द निकायसँग समन्वयकारी भूमिका निवार्ह गर्न नसक्नु मन्त्रालयको कमजोरी रहेको उनीहरूको ठहर छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञको सल्लाह सुझावलाई समेत राम्रोसँग कार्यान्वयन गर्न नसकेको आरोप लगाए। यस्तो जटिलताका कारण स्वास्थ्यकै विषयमा समेत अन्य मन्त्रालय हावी हुन पुगेजस्तो देखिएको उनले बताए।

स्वास्थ्य जस्तो सवेदनशील र प्राविधिक विषयमा मन्त्रालयकै नेतृत्व हनु पर्ने, मन्त्रालयकै सल्लाह सुझावलाई सरकारले स्वकीकार गरी सोही अनुसार नीति, योजना र रणनीतिहरू तर्जुमा गर्नु पर्नेमा अप्राविधिक व्यक्ति तथा संस्थाहरूको हावी रहेकोप्रति संगठनहरूले आपित्त जनाएका छन्।

स्वास्थ्य मन्त्रालयले आफ्नो जिम्मेवारीबाट नपन्छिन र स्वास्थ्यका संस्थाहरूसँग समन्वय गरी महामारीसँग जुध्नको लागि संगठनहरूको सुझाव रहेको छ।

विदेशबाट आएर क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका मानिसको तथ्यांक संकलन र उनीहरूको सम्पर्कमा रहेको व्यक्तिहरुको ट्रेसिङ राम्रोसँग हुनुपर्ने, कोभिड १९ अग्रपतिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्ष, आवश्यक जोखिम भत्ता उपलब्ध गराउनुपर्ने जस्ता माग राखेका छन्।

त्यसैगरी,संस्था संस्था स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तयारी अवस्थामा राख्नु पर्ने र आपतकालिन अवस्थामा लागि प्रर्याप्त मात्रामा आइसियु बेडहरु बढाउनु पर्ने, पिपिई,माक्स जस्ता वस्तुको सहज उपलब्ध हुनुपर्ने तथा रोगको रोगथामको र नियन्त्रण लागि केन्द्र , प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय गरी आवश्यक जनशक्क्ति,श्रोत र साधनहरुको सघन रुपमा परिचालन लगायतका ८ बुँदे माग राखेका छन्।

उक्त मागप्रति नेपाल चिकित्सक संघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल फार्मास्यिुटिकल एसोसिएन र नेपाल फिजियोथेरापी एसोसिएनको एकेवद्दता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय