उपत्यकामा सोमबार थप ५४ जनामा देखियो कोरोना

सोमबार उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण देखिएको बताए।

पाटन अस्पतालमा प्रयोगशलामा गरिएको परीक्षणमा ललिपुर २०, भक्तपुर १०, काठमाडौं २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्रिवि शिक्षण अस्पतालमा प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमबार देशभर १८० जना कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। सोमबार थपिएका सहित नेपालमा संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

सोमबार २६४ सक्रंमणबाट निको भएका छन्। अहिलेसम्म ६ हजार ८ सय ११ जना संक्रमण निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय