गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा तीन जिल्लाका १७ जनामा पोजेटिभ देखिएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोजेटिभ देखिनेमा लमजुङका ११, बागलुङका पाँच र कास्कीका एक जना छन्। लमजुङको बेसीसहर नगरपालिकाका तीन, सुन्दरबजार नगरपालिकाका तीन राइनास नगरपालिकाका एक, क्होलासोथर गाउँपालिकाका दुई, दोर्दी गाउँपालिकाका एक, मध्यनेपाल नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
बागलुङको ढोरपाटन नगरपालिकाकी एक महिला, बडीगाड र काठेखोला गाउँपालिकाका दुई/दुई पुरुष र कास्कीको पोखरा महानगरपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै प्रदेशभर संक्रमितको संख्या ११ सय १३ पुगेको छ। संक्रमितमध्ये दुई सय ९७ जना जना घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।