कोरोना बिरामी उपचार नगर्ने निजी अस्पतालका आइसोलेसन केका लागि ?

असार २२ – जेठ २६ गते नारायणी अस्पतालमा उपचाररत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले भरतपुर अस्पतालमा रेफर गर्न खोज्यो । तर, जिल्ला प्रशासनले रेफर नगर्न अनुरोध गर्दा गर्दै राति सुटुक्क आईसियूमा उपचाररत बिरामीलाई सामान्य अक्सिजनको भरमा भरतपुर अस्पतालमा पठाईयो ।

त्यसको भोलिपल्ट नै (जेठ २७) विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले मृत्यु भएको घोषणा ग-यो । भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय ती वृद्धलाई कोरोना पुष्टि हुँदा साथ अस्पतालले जबरजस्ती त्यहाँबाट हटाएको उनका आफन्तले बताउँदै आएका छन् । उनमा मुट र निमोनियाको समस्या रहेको थियो ।

असार ११ गते चितवन मेडिकल कलेजमा पनि यस्तै घटना भयो । असार ११ गते कोरोना पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषलाई १० बजे राति सरकारी अस्पतालमा सुटुक्क सारियो । उनको दुईदिनमा भरतपुर अस्पतालमै मृत्यु भयो ।

चितवनका निजी अस्पतालहरुले कोरोनाका विरामीको उपचार गर्नका लागि आइसोलेसन कक्ष तयार पारेको जनाए पनि कारोनाका बिरामी पन्छाउने गरेका छन् । यतिसम्मकी यी अस्पतालहरुले ज्वरोका बिरामीसमेत यसैगरी पन्छाउँछन् ।

अहिलेसम्म जिल्लाका निजि अस्पतालमा उपचार गराइरहँदा ७ जनाको कोरानो पुष्टि भएको छ । तर, सवै अस्पतालहरुले भरतपुर अस्पतालमा रेफर गर्ने गरेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उहाँकाअनुसार पुरानो मेडिकल कलेज भरतपुर, चितवन मेडिकल कलेज र नारायणी सामुदायीक अस्पतालमा दुई÷दुई जना र सेन्ट्रल कलेजमा कोरोना देखिएका १ संक्रमित भरतपुर अस्पतालमा पठाईएको छ ।

चितवन मेडिकल कलेजले अहिलेसम्म ७ वटा बेडमात्र कोरोनाका विरामीहरुका लागि भनेर तयार गरेको छ । तर, आवश्यक परेको खण्डमा मेडिकल कलेज नै प्रयोग गर्न सकिने कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानले आफ्नो फेसबुकवामा लेखेका छन् । तर, व्यवहार भने ठिक उल्टो छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पुरोना मेडिकल कलेजले ६५ र भरतपुर अस्पतालले ४० वटा बेड कोरोनाका बिरामीलाई भनेर छुट्टाएको छ । आवश्यक परेको खण्डमा विस्तार विस्तार गर्न सकिने पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गानाथ न्यौपानले बताएका थिए ।‘हामीसँग ७ सय ५० बेड रहेका छन् ।

त्यसमा ७० वटा आईसियू छन्’ उनले डेढ महिनाअघि हेल्थपोष्ट नेपालसँग भनेका थिए, ‘आवश्यक परेको समयमा कारोनाका विरामीको उपचारका लागि आईसोलेसन बृद्धि गर्न सकिन्छ ।’

चितवन मेडिकल कलेजले अहिलेसम्म ७ वटा बेडमात्र कोरोनाका विरामीहरुका लागि भनेर तयार गरेको छ । तर, आवश्यक परेको खण्डमा मेडिकल कलेज नै प्रयोग गर्न सकिने कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानले आफ्नो फेसबुकवामा लेखेका छन् । तर, व्यवहार भने ठिक उल्टो छ ।

जिल्ला प्रशासनले कम्तिमा २० बेड सहितको आईसोलेन वार्ड बनाउन चितवन मेडिकल कलेजलाई अनुरोध गरेको थियो । पछिल्लो समयमा आएर चिवतन मेडिकल कलेजले पिसिआर परिक्षण गर्ने दावी समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सबै अस्पताललाई अनिवार्य आईसोलेसन कक्षको व्यवस्था गर्न भनेको थियो ।

५० बेडसम्मका अस्पताललाई १० र त्यसभन्दा मुनिका अस्पताललाई कम्तिमा ५ बेडको आईसोलेसन बनाउन निर्देशन दिएको छ ।तर निजी अस्पतालहरुले कोरोना पुष्टि हुँदा र शंका लाग्दा वित्तिकै सरकारी अस्पताल पठाउने गरेका छन् ।

‘सरकारी अस्पतालमा पठाउनै नहुने भन्ने त होईन । सरकारी अस्पतालसंगको समन्वयमा पठाउन सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘निजि अस्पतालहरुले थप समस्या देखिएला भनेर पठाएका हुन सक्छन् ।’

जिल्ला प्रशासन कार्यालयले अनुमतिविना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै नारायणी अस्पताललाई पत्रकाटे पनि कारबाही भएको छैन । जिल्ला प्रशासन कार्यालय आफुले बनाएको नियम पालना गराउन नै चुकेको छ ।

आइसोलेसन बनाउन निर्देशन दिएपनि निजी अस्पतालहरुले सरकारी अस्पतालसँगको समन्वयमा विरामी रेफर गर्न सक्ने जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी इश्वर सिंखडाले बताए ।

‘सरकारी अस्पतालमा पठाउनै नहुने भन्ने त होईन । सरकारी अस्पतालसंगको समन्वयमा पठाउन सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘निजि अस्पतालहरुले थप समस्या देखिएला भनेर पठाएका हुन सक्छन् ।’ मापदण्ड पु-याएर निजी अस्पतालहरुले पनि कोरोनाका विरामीको उपचार गर्न सक्ने उनले बताए । चितवनमा निजी अस्पतालबाट रेफर भएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा अहिलेसम्म भरतपुर अस्पतालले मात्र कोरोनाका विरामीको उपचार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय