कोरोना संक्रमण– रुसभन्दा भारत धेरै प्रभावित

कोरोना भाइरस प्रभावित देशहरुमध्ये भारत तेस्रो नम्बरमा पुगेको छ।

आइतबारसम्म कोरोना संक्रमण र मृत्युदर संख्याको आधारमा चौथो नम्बरमा रहेको भारत सोमबार रुसलाई पछि पार्दै एक स्थान माथि उक्लिएको हो।

भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। बितेको चौबिस घण्टामा भारतमा कोरोनाका कारण ४ सय २१ जनाको मृत्यु भएको छ। २३ हजार ९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार भाइरसका कारण भारतमा १९ हजार ७ सयको ज्यान गएको छ भने ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित छन्।
भारतमा रहेका भाइरसका संक्रमितमध्ये ४ लाख २४ हजार ८ सयउ ९१ जना निको भएका छन्। ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एक दिनमा २ सय ४७ जनाको ज्यान गएको छ भने ४३ हजार २ सय ७० जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोनाका कारण १ दाख ३२ हजार ५ सय ६५ जनाको मृत्यु भएको छ भन २९ लाख ८१ हजार ६ सय ६८ जना संक्रमित छन्।

संक्रमितमध्ये १२ लाख ८५ हजार ५सउ ५९ जना निको भएका छन् भने १६ हजार ९ जनाको अवस्था गम्भीर रहेको छ।

त्यस्तै आइतबारसम्म तेस्रो र सोमबार चौथो स्थानमा झरेको रुसमा एक दिनमा १ सय ३४ जनाको मृत्यु भएको छ। ६ हजार ७ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार १ सय ६१ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ८१ हजार २ सय ५१ जना संक्रमित छन्।

विश्वभर कोरोना भाइरसका कारण ५ लाख ३६ हजार ४ सय ४३ जनाको मृत्यु भएको छ भने १ करोड १५ लाख ४८ हजार ८ सय ६ जना संक्रमित छन्।

संक्रमण देखिएकामध्ये ६५ लाख २७ हजार ९९ जना निको भएका छन् भने ५८ हजार ५ सय ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय