प्रदेश ५ सरकारले दियो ब्लड बैकलाई ३० लाख बराबरको उपकरण

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ असार २१ गते २०:४०

प्रदेश ५ सरकारले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई अतिआवश्यक उपकरणहरु उपलब्ध राएको छ। प्रदेश सरकारले रगत सेपेरेसन (सेन्ट्रिफ्युज), हल्लाउने (एजिटेटर), ३ महिनासम्म रगत स्टोरेज गर्न मिल्ने रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु उपलब्ध गराएको हो।

ब्लड बैक सुदृढीकरण अन्तरगत नेपाल सरकार पाँच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले बताए।

प्रदेश सरकारसंग एक वर्षदेखि निरन्तर माग भएअनुसार प्रदेश सरकारले उक्त उपकरण दिएको उनले बताए। सभापति सुवालका अनुसार उपकरणहरु मूल्य २९ लाख ७७ हजार ५ सय ५० रुपैया रहेको छ। यसमध्ये २० प्रतिशत रकम ब्लड बैकको तर्फबाट थप गरिएको उनले जानकारी दिए।

ब्लड कम्पोनेन्ट मेशिनलगायत आधा दर्जन नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने उनले बताए। मेशिन जडान भएसँगै नवजात जन्मजात रगतका विरामीहरुलाई सेवा सहज मिल्ने बताए। यसबाट वार्षिक ८ हजार विरामीहरुले लाभ लिनसक्ने उनको भनाइ छ।

डब्लु एचओको सहयोगमा यसअघि उपकरणबाट सेवा दिदै आएको केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले बताए। अहिले रक्त संचार केन्द्रमा रहेको मेशिन कहिलेकाही बिग्रीदा समस्या उत्पन्न हुने गरेकोमा नयाँ मेशन आएपछि सहज हुने उनको भनाई छ। अहिले संचालनमा रहेको मेशिन करीब ६ पुरानो हो।

नयाँ उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको उनले बताए । अहिलेसम्म घरायसी रेफ्रिजेरेटर प्रयोग गर्दै आएक‍ो भएपनि अहिले ब्लड बैक रेफ्रिजेरेटर नै उपलब्ध भएको उनले बताए।

कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले विरामीहरुको रगत उपलब्ध गर्नमा केन्द्रको योगदान महत्वपुर्ण भएको भन्दै अहिले जग्गाको समस्या सबै मिलेर हल गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको बताए। बुटवल केन्द्रमा संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने उनले बताए । केन्द्रमा प्राविधिक र कर्मचारी गरि १४ जनाले सेवा दिदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय