प्रदेश २ मा ११५ जनामा कोरोना पुष्टि

प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको सात जिल्लामा ११५ जनामा संक्रमण पुष्टि भएको हो। ११५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ७०८ जना पुगेको छ।

धनुषामा २७, महोत्तरीमा १२, सिरहामा २३, सप्तरीमा ३५, सर्लाही ६, रौतहटमा ११ र पर्साका एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा २, बटेश्वर गाउँपालिकामा ४, लक्ष्मीनियाँ गाउँपालिका ७, नगराईन नगरपालिकाका ६, विदेह नगरपालिकाका ५ र गणेशमान चारनाथ नगरपालिकाका ३ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

महोत्तरीको बलवा नगरपालिकाका ९, भंगहा नगरपालिकाका २ र रामगोपालपुरका एकजनामा संक्रमण पुष्टि भएको छ।

सिरहाको लहान नगरपालिकाका १ र ठाउँ खुल्न नसकेका २२ जना रहेको निर्देशनालयले जनाएको छ। सप्तरीमा संक्रमण पुष्टि भएका ३५ जनाको पनि ठाउँ खुल्न नसकेको निर्देशनालयले बताएको छ।

यता रौतहटको परोहा नगरपालिका क्वारेन्टाइनका ९ र श्री जुद्ध मावि गौर क्वारेन्टाइनका २ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी पर्साको पटेर्वा सुगौलीका एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार प्रदेश २ को सप्तरीमा २३७, सिरहामा १९५, धनुषामा ४६१, महोत्तरीमा ६८३, सर्लाहीमा ६४१, रौतहटमा १ हजार २१८, बारामा १११ र पर्सामा १५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वाब संकलन भएका ४५ हजार ५११ जनामध्ये ३ हजार १३८ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय