पिसिआर बढाउँदैन, निजीलाई दिँदैन, आरडिटी छाड्दैन सरकार

कोभिड–१९ को महामारी बढ्दै जाँदा सरकारले आरटी पिसिआर परीक्षणको दायरा बढाउने बारबार प्रतिवद्धता गरेपनि परीक्षणको दायरा घट्दो छ । दैनिक १० हजार पिसिआर परीक्षण गर्ने स्वास्थ्यमन्त्रीकै ‘डेडलाइन’ (असार १५)को एक साता वितिसक्दा आइतबार परीक्षण ४ हजार ७ सय १० मा खुम्चियो ।

तर, सरकारले विज्ञका विरोधका बीचमा पनि आरडिटी परीक्षण भने छाडेको छैन् । शनिबारसम्म २ लाख ४२ हजार २ सय ४७ पिसिआर परीक्षण भएकोमा ३ लाख १० हजार ३ सय आरडिटी परीक्षण भएको छ । संक्रमितको संख्यासँगै आवश्यकताले पिसिआर परीक्षण बढाउँदै जानुपर्ने बाध्यता सरकारलाई भएपनि आरडिटी मोह अझै त्याग्न सकेको छैन् ।

सरकारले कोरोना परीक्षण सामग्री खरिदको सुरुवातमै ओम्नीमार्फत् १ लाख थान आरडिटी किट किनेको थियो । ओम्नीले सुरुमै ५० हजार थान आरडिटी ल्याउने भनेपछि ७५ हजार थान ल्याएको थियो । सुरुदेखि नै विज्ञहरुले विरोध गरेपनि सरकारले आरडिटी किन न किन्न रोकेको छ, न चलाउँन नै ।

यतिसम्मकी आइडिटी परीक्षणबारे सरकार र स्वास्थ्य मन्त्रालयको धारणालाई समेत विज्ञहरूले चुनौती दिएका छन्। यही परिदृश्यमा सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि पिसिआर परीक्षणलाई नै तीव्रता दिन आदेश दिइसकेका छन्।

सरकारले असार सुरुदेखि नै पिसिआर परीक्षण बृद्धि गर्ने योजना बनाएको थियो । उच्च तहमा सीमित राखिएको असोजसम्मको नेपालको कोरोना संक्रमणको अवस्थासम्बन्धी प्रक्षेपणमा पनि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने र सो आधारमा साउनसम्म संक्रमितको संख्या तीन लाखसम्म पुग्ने आंकलन गरेको थियो ।

तर, स्वास्थ्य मन्त्रालयले पिसिआर कीट, आरएनए एक्स्ट्रयाक्सन र भिटिएम खरिद गर्न नसक्दा पिसिआर परीक्षण बढ्न सकेको छैन् । अर्कोतिर तत्काल आवश्यक पर्ने र पैसा तिर्नसक्नेका लागि परीक्षण निजी अस्पताल एवं प्रयोगशालामा खुल्ला गर्ने निर्णय कार्यान्वयनमा पनि सरकार संकीर्ण देखिएको छ ।

सुरुमा क्षमता पुगेको प्रयोगशालालाई दिने निर्णय गरेकोमा लामो समय लगाएर दुई वटा अस्पतालका प्रयोगशालालाईृ अनुमति दिएको छ । ती प्रयोगशालाले पनि सरकार दिएका नमूना मात्रै प्रयोग गर्ने र त्यसको भुक्तानी पनि सरकारले नै गर्ने निर्णय गरेको छ ।

‘न सरकारले आफ्नो क्षमताले पिसिआर बढाउँन सकेको छ, न निजीलाई दिन्छ न त आरडिटी नै बन्द गर्छ’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यो भन्दा दुःखद र कोरोना नियन्त्रण अभियानमा लापरवाहीको नमूना अरु हुनसक्दैन् ।

तर, परीक्षण सामग्रीको अभावमा सरकारी प्रयोगशालाले नै क्षमताअनुसार परीक्षण गर्न पाएका छैनन् ।

विज्ञहरुको समितिले सरकारलाई निजी प्रयोगशालालाई ७ हजार शुल्क तोकेर आफै सामग्री जोहो गरेर परीक्षण गर्न दिन सुझाब दिएपपनि स्वास्थ्य मन्त्रालय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)मा सो प्रतिवेदन लुकाएर अगाडी नै बढ्न नदिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘न सरकारले आफ्नो क्षमताले पिसिआर बढाउँन सकेको छ, न निजीलाई दिन्छ न त आरडिटी नै बन्द गर्छ’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यो भन्दा दुःखद र कोरोना नियन्त्रण अभियानमा लापरवाहीको नमूना अरु हुनसक्दैन् ।

केही दिनअघि डा. भगवान कोइरालाले समेत सार्वजनिक रुपमै निजी क्षेत्रको संलग्नता र परीक्षणको दायारा बृद्धिविना कोभिड सरकारले जित्न नसक्ने भनेर बारबार सुझाउँदा पनि सुनुवाई नभएको खुलासा गरेका थिए । यस्ता थुपै सुझाबहरु कार्यान्वयन नभएपनि आफू मन्त्रालयको उच्चस्तरीय प्रविधिक बैठकमा जानै छाडेको समेत डा. कोइरालाको भनाई थियो ।

यतिसम्मकी परीक्षणका लागि क्षमता भएकोभन्दै अनुमति पाएकै अस्पतालहरु पनि आफ्नै अस्पतालका जनशक्तिको समेत परीक्षण गर्न अन्यत्र पठाउँनुपर्ने बाध्यातामा छन् ।

किन गरिन्छ पिसिआर?

पिसिआर र आरडिटी परीक्षणको काम अलग/अलग हो। त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका प्रमुख प्रा.डा. प्रकाश घिमिरेका अनुसार दुइटा विधिबाट गरिने परीक्षणमा धेरै अन्तर हुन्छ।

‘पिसिआर परीक्षणले भारइसको आरएनए डिटेक्ट गर्छ, आरडिटी परीक्षणले भाइरसको संक्रमण भइसकेपछि मान्छेमा बन्ने एन्टिबडी डिटेक्सन गर्छ, एन्टिबडी बन्ने प्रक्रिया ८/१० दिन पछाडि मात्रै हुुन्छ,’ प्रा.डा. घिमिरेले भने।

नेपालमा चर्चा र प्रयोग भएजस्तो नभई पिसिआर परीक्षण वैज्ञानिक आधारमा नै अहिलेका लागि उपयुक्त हुने बताउँदै प्रा.डा. घिमिरेले अहिलेका आरडिटीहरूको गुणस्तर नभएको र यसको प्रिन्सिपल र प्रयोग अलग–अलग भएको प्रष्ट पारे।

‘स्याउ र सुन्तलाको तुलना एकापसमा गर्न सकिँदैन, दुवैको आ–आफ्नै गुण हुन्छ,’ उनले भने, ‘त्यसैले पिसिआर र आरडिटीको तुलना गर्नु हुँदैन, आरडिटी धेरै वटा आएपछि तिनीहरूबीच तुलना गर्न सकिएला।’

भाइरसविरुद्ध शरीरले लड्दै जाँदा एन्टिबडी बढ्दै जान्छ। यद्यपि, डाइग्नोसिसका लागि पिसिआरको विकल्प नरहेको घिमिरेको तर्क छ।

‘हामीले वैज्ञानिक आधारहरू हेर्नुपर्छ, ‘आरडिटी टेस्ट अहिलेसम्म भ्यालिडेड भएका छैनन्, विश्व स्वास्थ्य संगठनले इमर्जेन्सी अथोराइजेसन लिस्टमा पनि ल्याएको छैन, धेरै कुरामा इभ्यालुएसन हुनुपर्छ, सुरुमा आरडिटी सबैको राम्रो सेन्सिटिभिटी हुन्छ भन्ने छैन,’ प्रा.डा. घिमिरेले भने।

एन्टीबडी परीक्षण र एन्टिजिन टेस्ट गर्ने दुईथरि आरडिटी रहेको घिमिरेले बताए। तर, यी दुइटै आरडिटीको सेन्सिटिभिटी स्पेसिफिकेसन राम्रो नरहेको उनले उल्लेख गरे।

‘विस्तारै सुधार होला, क्वालिटी इम्प्रुभमेन्ट गर्दै जालान्, त्यो आफ्नो ठाउँमा छ। तर, मान्छेको डाइग्नोसिसका लागि रोग निदान गर्न चाहिँ पिसिआर परीक्षण नै हो,’ उनले भने।

‘आरडिटी किनेर ल्याइयो अब केमा प्रयोग गर्ने भन्ने होइन, प्रयोगमा नआएपछि थन्क्याउने हो, जुन बेला चाहिन्छ, त्यही बेला प्रयोग गर्ने हो,’ उनले भने, ‘कोरोना भाइरसको महामारी सकिने बेलामा मात्रै आरडिटीको काम आउँछ।’

आरडिटी किन गरिन्छ?

कोरोना संक्रमितको परीक्षण विधि नेपालको सन्दर्भमा अहिले पनि दुइटै हो-पिसिआर र आरडिटी।

तर, विज्ञहरू आरडिटी परीक्षण गरेर पैसाको दुरुपयोग गर्न नहुने धारणा राख्छन्। ‘आरडिटीको उपादेयता चाहिँ सर्भिलेन्स गर्नलाई मात्रै हो, यो ठाउँमा भएको थियो कि थिएन, यो भाइरस आएको थियो कि थिएन भन्ने निर्क्यौल गर्नलाई मात्रै हो,’ प्रा.डा. घिमिरेले भने।काठमाडौंका ४० लाखमध्ये १ लाख मान्छेलाई आएको थियो कि थिएन भनेर आरडिटी परीक्षणका माध्यमबाट गर्न सकिने माइक्रो बायोलोजिस्ट घिमिरेको तर्क छ।

‘तर, व्यक्तिगत रूपमा बिरामीको परीक्षणका सवालमा चाहिँ यो गलत अनुमान हुन्छ,’ उनले भने, ‘त्यसको अर्थ छैन।आवश्यक पिसिआर कि आरडिटीको?

गत अप्रिल ८ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामै आधारित रहेर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले आदेश दिएको प्रा.डा घिमिरे बताए।

त्यसै कारण पिसिआर परीक्षणलाई तीव्रता तिनुपर्नेमा घिमिरेको जोड छ। ‘आरडिटी किनेर ल्याइयो अब केमा प्रयोग गर्ने भन्ने होइन, प्रयोगमा नआएपछि थन्क्याउने हो, जुन बेला चाहिन्छ, त्यही बेला प्रयोग गर्ने हो,’ उनले भने, ‘कोरोना भाइरसको महामारी सकिने बेलामा मात्रै आरडिटीको काम आउँछ।’

क्वारेन्टाइनबाट पठाउने बेलामा, बाहिरबाट आएका र एक जिल्लाबाट अर्को जिल्लामा जानेको आरडिटी परीक्षण नगर्न घिमिरेको अनुरोध छ। ‘सम्भव भए पिसिआर परीक्षण, नभए लक्षण देखिएकाहरूको मात्रै पिसिआर परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘एक पैसा पनि दुरुपयोग गर्नु हुन्न।’

‘पिसिआरकै सेन्सिटिभिटी ८० प्रतिशतसम्म’

डा. सुशीलनाथ प्याकुरेलले पिसिआरको सेन्सिटिभिटी ७०/८० प्रतिशतसम्म रहने स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रष्ट पारेको बताएका छन्।

‘कोरोना संक्रमण भएपछि शरीरले एन्टिबडी फर्मेसन गर्न थाल्छ, एन्टिबडी पनि जी र एम भन्ने हुन्छ,’ डा. प्याकुरेलले भने, ‘एन्टिबडी बनेपछि मात्रै आरडिटी टेस्टले देखाउँछ, अन्य अवस्थामा पिसिआर नै प्रभावकारी हो।’

नेपालमा कोरोना भाइरसको संक्रमणका सुरुवाती दिनमा गरिएको आरडिटी परीक्षणले ‘डी’ मात्रै देखाउँथ्यो भन्छन् डा. प्याकुरेल।आरडिटी परीक्षणका विषयमा बेलायतले शोध गरेको र जसमा १० प्रतिशतमात्रै पोजिटिभ केस देखिएको उल्लेख गर्दै डा. प्याकुरेलले भने, ‘कुनै बेला कोभिड–१९ लागिसकेको व्यक्तिलाई पनि एन्टिबडी फर्मेसन गर्ने चाहिँ १० प्रतिशत मात्रै छ भनेर लन्डन पहिल्यै आरडिटी टेस्ट बन्द ग-यो।’

नेपालको सन्दर्भ ९४ प्रतिशत कोरोना संक्रमितको लक्षण नै नदेखिएको बताउँदै डा. प्याकुरेलले तत्कालै पिसिआर परीक्षण नगरे कोरोना संक्रमणको फैलावट झनै तीव्र हुने टिप्पणी गरे।

डा. प्याकुरेलले जनस्वास्थ्यको क्षेत्रमा हुने रिसर्चका काममा आरडिटी काम लाग्ने बताए। ‘अहिले संक्रमितमध्ये कतिजनाले एन्टिबडी इम्युनिटी पावर डेभलप गरे भनेर हेर्नलाई आरडिटी टेस्ट गर्नुपर्छ, पिसिआर पोजिटिभ भएकालाई एक महिना वा ६ महिनाभित्र आरडिटी परीक्षण गर्दा यतिजनाले इन्टिबडी डेभेलप गरे है भन्ने थाहा हुन्छ,’ डा. प्याकुरेलले भने।

विश्वभरिकै अध्ययन र परीक्षणमा आरडिटी प्रभावकारी नभएकाले पनि यसको परीक्षणको अर्थ नहुने धारणा डा. प्याकुरेलको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय