आइतबार दमकमा थपिए दुई संक्रमित

झापामा निरन्तर कोरोना संक्रमण बढ्दै गएको छ। आइतबार झापामा दुई जना संक्रमित थपिएका छन्।

दुबै जना संक्रमितहरू दमकका भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमित हुनेमा एक महिला र एक पुरुष छन्। दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीका अनुसार संक्रमित महिला दमक ४ की हुन्। उनी कुवेतबाट आएकी हुन्।

संक्रमित पुरुष दमक ७ का बासिन्दा हुन्। उनी बहराइनबाट फर्केका व्यक्ति हुन्। उनीहरू दुबै जना क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जनाइएको छ।

जिल्लामै पहिलोपटक संक्रमण पुष्टि भएको दमकमा योसँगै संक्रमितको संख्या ८ पुगेको छ। झापामा हालसम्म २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय