सुदूरपश्चिममा थपिए १ सय ६ संक्रमित

पछिल्लो २४ घन्टामा देशका विभिन प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको कूल संख्या ३ हजार ६ सय ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला, सेती अस्पताल प्रयोगशाला धनगढी र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण गरी जम्मा १ सय ६ जनाका संक्रमण पुष्टि भएको जनाइएको छ।

आज थपिएका संक्रमित हरूमा टेकुको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १४ र बैतडीमा ३ गरी १७ जनामा संक्रमण पुष्टि भएको छ।

यसै गरी धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १३, डोटीका ३, बैतडीका १, डडेलधुराका ६, कञ्चनपुरका ३२, अछामका १ गरी ५६ जनामा कोराना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डाक्टर जागेश्व गौतमले बताए।

यसै गरी आजनै जुम्लामा गरिएको परिक्षणमा बाजुराका ३० जनामा संक्रमण पुष्टि भएको छ भने डडेलधुरा प्रयोगशालामा डडेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

हालसम्म सुदूरपश्चिममा ६ सय ८० जना संक्रमित रोग मुक्त भएर घर फर्किसकेका छन्। यसअघि आज नै सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका ३९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय