काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमण देखिएको बताए।
यो सँगै उपत्यकामा काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।
उपत्यकामा भेटिएका संक्रमित कहाँका हुन भन्ने विवरण मन्त्रालयले खुलाएको छैन।