ढलमा देखिएको भाइरसले कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोनाको जीवाणुबाट मानिसमा संक्रमण नसर्ने बताएको छ।  मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको ढलमा भेटिएको समाचारमा सन्दर्भमा मन्त्रालयको ध्यानकर्षण भएको बताए।

ढलको पानीमा कोभिड १९ भाइरसको अशं भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भ्रम नफैलाउनको लागि आग्रह गरे।

ढल तथा अस्पतालबाट निस्कने फोहार पानीमा जिवाणु २ दिन सम्म बाँच्ने देखिए पनि संक्रमण भने नसर्ने अध्ययनले देखाएको उनले जानकारी दिए।

‘फोहोर पानीमा संक्रमणको किटाणु प्रशस्त हुने ह्ुँनाले ढलको पानीको उचित प्रशोधन हुन भने जरुरी छ, डा. गौतमले भने,‘ ढलको फोहोर पानीमा काम गर्ने मानिसले भने उचित प्रकारको व्यक्तिगत सुरक्षा समाग्री अपनाउनुपर्दछ।’

ढलमा के कस्ता भाइरस भेटिएका हुन् यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सहयोगममा स्वास्थ्य मन्त्रालयले गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय