चौतारी नेपालको स्वास्थ्य सामग्री सहयोग

चौतारी नेपालले नेपाल मेडिकल एसोसिएसन जुनियर डाक्टर कमिटीलाई स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ।

आइतबार चौतारी नेपालले कोरोना भाइरसको महामारसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि भन्दै तीन सय थान पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई) हस्तानतरण गरेको हो।

चौतारी नेपालका संयोजक डा. हुलास अग्रवालले जुनियर डाक्टर कमिटीका डा. योविन यादव र डा. नेहाल असरफलाई अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि भन्दै हस्तानतरण गरेका हुन्।

चौतारीले हस्तानतरण गरेको पिपिइको प्रत्येक सेटमा फेस सिल्ड, केएन ९५ मास्क र सर्जिकल मास्क समेत रहेको छ।

जुनियर डाक्टर कमिटीलाई हस्तानतरण गरिएको सामग्री कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका चिकित्सकलाई वितरण गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय