थप २९२ जनामा संक्रमण, संक्रमित संख्या १५ हजार ७ सय ८४ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। आइतबार देशभर २९३ जना कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप २९२ जनामा संक्रमण पुष्टि भएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। आइतबार थपिएका सहित नेपालमा संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

आइतबार १३२ सक्रंमणबाट निको भएका छन्। अहिलेसम्म ६ हजार ५ सय ४७ जना संक्रमण निको भएका छन् हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३४ पुगेको छ।

५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला
प्रदेश २ मा मोहत्तरी र रौतहट रहेमा ५ भन्दा बढी संक्रमितको पुष्टि भएको छ। प्रदेश १ मा पाल्पा, सुदुरपश्चिम प्रदेशमा अछाम,कैलाली र बाजुरा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय