महामारीका बेला अस्पताल जान कति जरुरी–कति जोखिम?

घटना १
ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्ट्री छ न त संक्रमितको सम्पर्कमा पुगेका थिए उनी ।
घटना २
एक महिलाको भक्तपुर क्यान्सर अस्पतालमा स्तनको शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि कन्ट्रयाक हिस्ट्री खोज्ने क्रममा वीर ओपिडीमा सेवा लिएको पाइएको थियो। तर वीरमै कोरोना सरेको भन्न सकिने आधार छैन ।

घटना ३
पेट दुखेर उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेका नेपाल प्रहरीको सुरक्षाकर्मीमा संक्रमण देखियो। चिकित्सकले इन्डोस्कोपी गर्नुपर्ने बताएपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखियो।

यी माथिका घटनाहरू प्रतिनिधि केसमात्र हुन्। उपत्यकामा मात्र १२ जनाको संक्रमणको स्रोत हालसम्म पत्ता लागेको छैन। लामो समयको लकडाउनका कारण गैरकोभिडका बिरामीहरू अस्पताल जान नपाउँदा अन्य रोगको जटिलता र मृत्युदर बढिरहेको छ।

त्यतिमात्रै जोखिम मोलेर पनि तत्काल शल्यक्रिया नगरी नहुने बिरामीको शल्यक्रियासँगै जोखिम पनि थपिन थालेको छ । विशेषगरी समुदायमा स्रोत नखुलेको संक्रमण बढ्नु, अस्पतालहरूमा समेत संक्रमण देखिनुले जोखिम थपिँदै गएको छ ।

प्रत्येक व्यक्तिले आजको दिनमा अस्पताल जानुभन्दा अगाडि आफूलाई उपचार कति आवश्यक छ सोच्नुपर्ने डा. अनिलको सुझाव छ । ‘प्रत्येक व्यक्तिले जोखिम लिन कति जरुरी छ भनेर बुझ्नुपर्दछ,’ डा. अनिल भन्छन्, ‘कुनै काम गर्दा फाइदा र बेफाइदामा जान्नुपर्छ।’

आकस्मिक जीवनलाई जोखिम पार्ने रोगबाहेक शल्यक्रियाका लागि अस्पताल जानु अहिलेको अवस्थामा कुनै बुद्धिमानी नभएको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

‘अस्पतालमा सामान्य समस्याका लागि जाँदा कोरोना लिएर आउनु महँगो हुनसक्छ, याद रहोस् अस्पताल उच्च जोखिम क्षेत्र मानिन्छ,’ डा. अनिल भन्छन्।

नेपालमा कोरोना संक्रमितमध्ये ८० प्रतिशत मानिसमा लक्षणविहीन रहेका छन्। यस्तो अवस्थामा अस्पतालमा गएमा स्वस्थ मानिसमा संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसमा पनि सरकारले परीक्षणका दायरा घटाउँदै लक्षण देखिएको अवस्थामा मात्रै परीक्षण गर्ने नीति लिएसँगै अवस्था झन् प्रतिकूल भइरहेको छ ।

प्रत्येक व्यक्तिले आजको दिनमा अस्पताल जानुभन्दा अगाडि आफूलाई उपचार कति आवश्यक छ सोच्नुपर्ने डा. अनिलको सुझाव छ । ‘प्रत्येक व्यक्तिले जोखिम लिन कति जरुरी छ भनेर बुझ्नुपर्दछ,’ डा. अनिल भन्छन्, ‘कुनै काम गर्दा फाइदा र बेफाइदामा जान्नुपर्छ।’

अधिंकाश केसहरूको अप्रेसन पछि गर्दा पनि असर नपर्ने हुन्छन्। तर, आजभोलि केही अस्पतालहरूले अप्रेसन सेवा दिँदै आएका छन्। जसका कारण अन्य जोखिम थपिँदै गएको छ।

प्रत्येक व्यक्तिले आजको दिनमा चिकित्सकसँग कुनै उपचार तत्कालै गरिँदा के असर पर्छ वा पर्दैन भनेर सोध्नुपर्ने डा. अनिल बताउँछन्।
‘अधिकांश बिरामी आवश्यक नपरी नै अस्पताल गइरहेका हुन्छन्, जहाँ उनीहरूको उपचार भइरहेको हुन्छ। जुन उपचार पछि गर्दा पनि नोक्सानी नहुने खालको हुुन्छ,’ उनी थप्छन् ।

अस्पतालमा हावाको आउजाउ नहुने, भीडभाड हुने जस्ता कारणले संक्रमण सरिरहेको छ। ‘कुनै रोगले पछि गएर केही असर गर्नेछ भने तत्कालै उपचार लिनुपर्ने हुन्छ,’ डा. अनिलको सुझाव छ।

उनी एक उदारहण दिँदै भन्छन्– कुनै व्यक्तिको मिर्गौलामा पत्थरी रहेको छ। जसको कारणले संक्रमण भएर मिर्गौला बिग्रन थालेको छ। ढिलो गर्दा थप जोखिम देखिन थाल्छ । यस्ता बिरामी वा रोग भएकाले जोखिम नै लिएर भए पनि अप्रेसन गर्नुपर्छ।

‘हामीले जति कम समय अस्पतालमा वातावरणमा बितायौं । त्यति नै सुरक्षित हुन्छौं,’ डा. अनिल भन्छन्। त्यसकारण जोखिम कति लिने र कति सुरक्षित रहने भन्ने प्रत्येक व्यक्तिले बुझ्न जरुरी छ।

नियमित चेकअपका बिरामीले के गर्दा राम्रो?
सुगर, प्रेसर, कोल्ड स्टोर, लिभर, ग्यास्ट्राटिस समस्या भएको व्यक्तिले ओपिडी सेवाका लागि योजना बनाएर मात्र अस्पताल जानुपर्ने डा. अनिलको सुझाव छ।

बिरामी माक्सको प्रयोग तथा सामाजिक दूरी कायम गरी भीड नहुने बेला र सकेसम्म ३० मिनेटको हाराहारीमा अस्पताल सेवा लिएर फर्किंदा संक्रमण हुने जोखिम कम हुन्छ।

‘हामीले जति कम समय अस्पतालमा वातावरणमा बितायौं । त्यति नै सुरक्षित हुन्छौं,’ डा. अनिल भन्छन्। त्यसकारण जोखिम कति लिने र कति सुरक्षित रहने भन्ने प्रत्येक व्यक्तिले बुझ्न जरुरी छ।

समुदायमा परीक्षण गरिँदै
उपत्यकामा संक्रमितमध्ये १२ जनाको ट्राभल हिस्ट्री वा संक्रमण स्रोत फेला छैन। कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमा गए नगएको अध्ययन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुरु गरेको छ।

तीन दिनभित्रमा १ हजार २ सय नमुना संकलन गर्ने महाशाखाले जनाएको छ। शनिबार भैंसेपाटीस्थित नख्खु टोलमा ११० र तीनकुनेमा १ सय १८ जनाको स्वाब लिइरहेको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

‘स्रोत नखुलेका व्यक्तिको काटेश्वर, मैतीदेवी, भक्तपुर, खुसिबी, शंखमुल जस्ता क्षेत्रका रहेका छन्,’ डा. पाण्डेले भने, ‘संक्रमित व्यक्तिको स्रोत नखुलेको हुनाले संक्रमण समुदाय गएको छ कि छैन भनेर थप नमुना संकलन गर्न लागेका हौं।’

उनका अनुसार थप अस्पतालमा रहेका स्वास्थ्यकर्मी, क्यान्सर, मिर्गौला, इमरजेन्सी र आइसियुमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गरिने छ। संक्रमणको स्रोत नखुलेका कारणले पनि छिटफुट रूपमा समुदायमा संक्रमण फैलिएको आशंका गरिएको निर्देशक डा. पाण्डे बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय